+
+

सोलुखोला दूधकोशी आयोजनाको ठाडो सुरुङबाट खसे दुई श्रमिक

दुई इन्जिनियरको ज्यान गुमेको आयोजनामा अर्को दुर्घटना

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १३ गते १८:००

१३ माघ, काठमाडौं । सोलुखम्बुमा निर्माणाधीन ८६ मेगावाटको सोलुखोला दूधकोशी जलविद्युत् आयोजनामा अर्को दुर्घटना भएको छ । आयोजनाको भर्लेनीस्थित पावरहाउस निर्माणस्थलको ठाडो सुरुङ निर्माणस्थलमा पाइप निकाल्ने क्रममा क्रेन भाँचिएर दुई श्रमिक सुरुङभित्र खसेका छन् ।

बिहान करिब ४ बजे घटना भएपनि सुरुङभित्र खसेका एक जना श्रमिकको अझै उद्धार हुन सकेको छैन भने एक जनालाई उद्धार गरेर अस्पताल पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक प्रदीप कटुवालका अनुसार पाइप निकाल्ने क्रममा क्रेन भाँचिएपछि उनीहरू सवार रहेको बकेट करिब १६० मिटर गहिरो सुरुङमा खसेको देखिएको छ ।

पर्साको कोटेश्वर गाउँपालिकाका २० वर्षीय अंकित चौधरीलाई घाइते अवस्थामा उद्धार गरेर संखुवाभसाको मिसन अस्पतालमा पठाइएको कटुवालले जानकारी दिए । सुरुङभित्र खसेका बाराको कोहोल्बी नगरपालिका १ का २२ वर्षीय राकेश चौधरीको भने उद्धार गर्ने प्रयास भइरहेको डीएसपी कटुवालले जानकारी दिए ।

गत ११ पुसमा यही आयोजनामा भएको दुर्घटनामा दुई जना इन्जिनियरको मृत्यु भएको थियो । परीक्षणका क्रममा आयोजनाको पेनस्टक पाइप पडि्कएर आयोजनामा कार्यरत इन्जिनियरद्वय अछामका २६ वर्षीय सुवासराज रेग्मी र काभ्रेका २९ वर्षीय अर्जुन थापाको मृत्यु भएको थियो । परीक्षणका क्रममा पाइपमा पानी हालेपछि विष्फोटसहित जोडिएको भाग छुटिएर घटना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?