+
+

कार्यसम्पादन समिति गठन गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १४ गते ७:११

१४ माघ, काठमाडौं । कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै छ । भर्चुअल माध्यमबाट अपराह्न ३ बजे बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समिति गठनबारे छलफल हुने छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव डा. कृष्णप्रसाद पौडेलले कार्यसम्पादन समिति गठन गर्ने एकल कार्यसूची अनुसार बैठक बस्न लागेको जानकारी दिए ।

केन्द्रीय समिति ‘जम्बो’ भएपछि कार्यसम्पादन समिति गठन गर्दै देउवा

कांग्रेसको विधानमा ४५ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठनको व्यवस्था छ । समितिमा १४ जना पदाधिकारी र पार्टी सभापतिको प्रस्तावमा अन्य ३१ जना सदस्य रहन्छन् । समितिमा प्रवक्ता स्वतः सदस्य रहने व्यवस्था छ । यद्यपि कांग्रेसले पार्टी प्रवक्ता तोकिसकेको छैन । कोषाध्यक्ष पद पनि रिक्त छ ।

केन्द्रीय कार्यसमितिको बैठक बस्न नसकेका बेला केन्द्रीय समितिले गर्नुपर्ने काम कार्यसम्पादन समितिले गर्न सक्ने कांग्रेस विधानको प्रावधान छ । तर कार्यसम्पादन समितिले गरेका निर्णयहरु केन्द्रीय समितिको बैठकले अनुमोदन गर्नुपर्नेछ । पार्टीका आन्तरिक र राष्ट्रिय महत्वका विषयमा तत्काल छलफल गर्नुपर्ने आवश्यकता भएपछि देउवाले कार्यसम्पादन समिति गठन गर्न लागेका हुन् ।

केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने एउटा मात्र एजेण्डा भए पनि बैठकमा समसामयिक राजनीति, स्थानीय तह निर्वाचन र कोरोना संक्रमणका विषयमा पनि छलफल हुन सक्ने नेताहरु बताउँछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?