+
+

बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक शुरु

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १५ गते १६:०७

१५ माघ, काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक फेरि शुरु भएको छ । स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल गर्न गठबन्धनका शीर्ष नेताहरुको बैठक पुन: बसेको हो । यसअघि नेताहरुले शनिबार विहान पनि छलफल गरेका थिए ।

साँझ शुरु भएको दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेता सहभागी छन् ।

शनिबार विहान निर्वाचनको मितिबारे भएको छलफल निश्कर्षमा नपुगेपछि दलहरु आन्तरिक छलफल गरेर पुन: सामूहिक छलफलमा जुटेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?