१६ माघ, काठमाडौं । राजस्व छलीको मुद्दामा उच्च अदालत पाटनले अदालतले तोकेको धरौटी बुझाउन नसकेर थुनामा परेका उमाशंकर रायभार आइतबार रिहा भएका छन् ।
सर्वोच्च अदालतले रायभारलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न शुक्रबार आदेश दिएको थियो ।
आइतबार पाटन उच्च अदालतमा धरौटी रकम बुझाएर उनी रिहा भएका हुन् । यसअघि २०७७ फागुन १७ गते उच्च अदालतले उनीसँग ७५ लाख रुपैयाँ धरौटी मागेको थियो, सो रकम तिर्न सकेपछि उनी नख्खु कारागार चलान भएका थिए ।
रायभारमाथि २८ करोड रुपैयाँ राजस्व छली गरेको आरोप छ । तर रायभारले भने आफ्नो नागरिकता दुरुपयोग गरेर सरोजकुमार मिश्रले राजस्व छली गरेको बताउँदै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4