+
+

नेपाल बारले भन्यो : कुनै पनि बहानामा स्थानीय तह रिक्त नबनाऊ

नेपाल बार एशोसिएसनले कुनै पनि बहानामा निर्वाचन पर सारेर स्थानीय तहलाई जनप्रतिनिधिविहीन नबनाउन दलहरुलाई खबरदारी गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १६ गते १७:३९

१६ माघ, काठमाडौं। नेपाल बार एशोसिएसनले कुनै पनि बहानामा निर्वाचन पर सारेर स्थानीय तहलाई जनप्रतिनिधिविहीन नबनाउन दलहरुलाई खबरदारी गरेको छ ।

बारका महासचिव लीलामणि पौडेलले आइतबार विज्ञप्ति जारी गरी कुनै आग्रह, पूर्वाग्रह, अनुकुलता, प्रतिकुलतालाई विचार गरेर निर्वाचन गर्ने वा नगर्ने विषय उचित नभएको बताए ।

‘कुनै पनि बहानामा निर्वाचन नगरी वा पर सारी स्थानीय तहलाई रिक्त बनाउने कुरा संविधान र कानुन विपरीत मात्र नभई लोकतन्त्र र विधिको शासनको समेत उपहास हुन जान्छ’ विज्ञप्तिमा भनिएको छ ।

बारले नेपालको संविधान र प्रचलित निर्वाचनसम्बन्धी कानुनसमेतका आधारमा सबै तहका निर्वाचन समयमा नै गरी लोकतन्त्रको रक्षा र संवद्र्धनमा लाग्न सरकार र दलहरुलाई आग्रह गरेको छ ।

हेर्नुस् नेपाल बारको विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?