+
+

प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १७ गते १२:१६

१७ माघ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटार भएको भेटमा आसन्न निर्वाचन, एमसीसीलगायत समसामयिक राजनीतिबारे छलफल भएको स्रोतले बतायो । सत्ता गठबन्धनबीच एमसीसीका विषयमा बहस हुँदै आएको छ । प्रधानमन्त्री देउवाले एमसीसी संसद‍्बाट पारित गराउन पहल थालेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल परिमार्जनसहित पारित गर्नुपर्ने पक्षमा छन् । यसै विषयमा कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग परामर्शसमेत गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?