१९ माघ, वीरगञ्ज । मोटरसाइकल चोरी गरेको आरोपमा वीरगञ्जबाट प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका– २ बस्ने २० वर्षीय महम्मद अली पक्राउ परेका हुन् ।
मंगलबार राति १०ः२५ बजे वीरगञ्ज महानगरपालिका-१५ भिस्वा चोकबाट अलीले मोटरसाइकल चोरी गरेको प्रहरीले बताएको छ । बाराको फेटा गाउँपालिका-३ बस्ने ३१ वर्षीय नरेशप्रसाद साहको नाममा दर्ता रहेको प्रदेश २–०३–०१२ प ५८६ नम्बरको मोटरसाइकल पार्किङ गरी राखेको ठाउँबाट हराएको थियो ।
लक तोडेर मोटरसाइकल लिएर भाग्दै गरेको अवस्थामा प्रहरी चौकी भिस्वाडाडाँबाट खटिएको गस्ती टोलीले उनलाई पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए । प्रहरीका अनुसार उनी विरुद्ध चोरी सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4