+
+

सिन्धुपाल्चोकका एमाले नेता कर्माचार्य एकीकृत समाजवादीमा प्रवेश

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १९ गते १५:३९

१९ माघ, काठमाडौं । सिन्धुपाल्चोकका नेकपा एमालेका नेता तथा पूर्वसांसद सुवास कर्माचार्य नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा कर्माचार्यसहितका नेता कार्यकर्तालाई एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी प्रवेश गराए ।

२०५६ देखि २०६६ सालसम्म नेकपा एमालेको सिन्धुपाल्चोक जिल्ला सचिव रहेका कर्माचार्य २०५६ सालमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । तत्कालिन नेकपा एमालेमा माधवकुमार नेपाल समूहमा रहेका उनी नेता नेपालले पार्टी विभाजन गरे पनि एमालेमै बसेका थिए ।

कर्माचार्यले बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली सच्चिन्छन् कि भन्ने आशाले एमालेमा बसे पनि त्यो सम्भव नहुने देखेपछि माधवकुमार नेपाललाई नै नेता मानेर आएको बताए ।

‘अब एमालेभित्र बसेर पार्टीलाई सच्याउने अवस्था रहेन, धुजाधुजा भएको कम्युनिस्ट आन्दोलन उठाउने अवस्था रहेन’ उनले प्रश्न गरे, ‘केपी ओली र उनका गलत कुराको साक्षी बसेर आत्मसमर्पण गरेर निरीह भएर त्यो पार्टीभित्र परिवर्तनको सपना देख्ने कि गलत कुराविरुद्ध विद्रोह गर्ने ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?