+
+

प्रधानमन्त्री देउवाले नियुक्त गरे भाषण विज्ञ !

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १९ गते १९:३०

१९ माघ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा बैटकमा होस् कि सार्वजनिक मञ्चहरुमा होस्, छोटो बोल्छन् । लम्बेतान भाषण गर्ने उनको बानी छैन ।

पछिल्लो समय यदाकता लिखित सम्बोधन पनि गर्न थालेका छन् । त्यसरी गरिने लिखित सम्बोधन कहिले केन्द्रीय सदस्य रमेश लेखक त कांग्रेस महामन्त्री (तत्कालिन प्रवक्ता) प्रवक्ता विश्वप्रकाश शर्मा लगायतले तयार पार्थे ।

सोमबार भने प्रधानमन्त्री देउवाले ‘भाषण, मन्तव्य तथा वक्तव्य विज्ञ’ नै नियुक्त गरेका छन् । प्रधानमन्त्री भएको ६ महिनासम्म सचिवालयलाई समेत पूर्णता दिन नसकेका उनले सोमबार निजी सचिवालयमा चार सदस्य नियुक्त गरेका हुन् ।

उनीहरुमध्ये नुवाकोटका किरण गजुरेललाई ‘भाषण, मन्तव्य तथा वक्तव्य विज्ञ’ नियुक्त गरेका हुन् । त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गजुरेलले अनलाइनखबरसँग भने, ‘भाषणहरु तयार पार्दा राय सल्लाह दिने मेरो काम हुन्छ ।’

यसअघि नेपाली कांग्रेसको स्थानीय तह समन्वय विभागको सदस्य रहेका गजुरेल कांग्रेसको १३औं र १४औं महाधिवेशनमा देउवाको जनसम्पर्क कार्यालय पनि थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?