+
+

जनकपुरमा ग्याँस पसलमा चोरी

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १९ गते १७:१२

१९ माघ, जनकपुरधाम । जनकपुरधामको भानु चोक नजिकै सञ्चालित एक ग्याँस पसलमा चोरी भएको छ । रामसोगारथ पण्डितले सञ्चालन गर्दै आएको विजय जेनरल सप्लायर्स पसलमा चोरी भएको हो ।

प्रायः निकै व्यस्त रहेन उक्त चोकमा सञ्चालित उक्त पसलबाट पाण्डेले ग्याँसको सिलिण्डर तथा ग्याँससम्बन्धी उपकरण बिक्री गर्दै आइरहेका छन् ।

मंगलबार राति गोदामको ताल्चा फुटाएर ३ लाख बराबरको सामान चोरी भएको पण्डितले बताए । उनका अनुसार २२ थान ग्याँससहितको सिलिण्डर, १२ थान खाली सिलिण्डर, चुल्हो, लाइटर, बर्नटसहित अन्य उपकरणहरु चोरी भएको छ ।

यो चोकमा जनकपुरधाम उपमहानगरपालिकाले सीसीटीभी क्यामेरा जडान गरेको छ । तर सीसीटीभी क्यामेराले काम गर्न छाडेको स्थानीयहरु बताउँछन् ।

जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले जडान गरिएको क्यामेरा बिग्रेपनि मर्मत नगराउनु दुःखद् रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?