+
+

घान्द्रुक यात्रा सुरक्षित बनाउने उद्देश्यले कला भीरमा बनाइयो रेलिङ

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २० गते ७:३२

२० माघ, पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका १० घान्द्रुकस्थित कला भीरमा दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक किनारमा रेलिङ बनाइएको छ ।

सो स्थानमा गत असोज २५ गते ग १ ज ६९०० नम्बरको जीप दुर्घटना हुँदा चालकसहित ८ जनाको मृत्यु भएको थियो । उक्त दुर्घटनापछि घान्द्रुक यात्राबारे नकारात्मक सन्देश प्रवाह भएको भन्दै यात्रालाई सुरक्षित बनाउने उद्देश्यले रेलिङ निर्माण गरेको लामा अमृत फाउण्डेशनले जनाएको छ ।

घान्द्रुकका स्थानीय होटल तथा पर्यटन व्यवसायीहरू र देश विदेशमा रहेका दाताहरुको १ लाख ४५ हजार रुपैयाँ आर्थिक सहयोगमा पक्की रेलिङ निर्माण गरेको लामा अमृत फाउण्डेशनका संस्थापक अमृत लामा गुरुङले बताए । साथै घुम्तीहरुमा पाँच वटा ऐना पनि राखिएको उनले बताए ।

रेलिङ निर्माण समितिका संयोजक याम बहादुर गुरुङले रेलिङ निकै बलियो हुने गरी गाडेको भन्दै यसले सवारी साधनलाई बाटोबाट तल भिरमा खस्नबाट रोक्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?