+
+

अवैध रुख कटानको आरोपमा दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २० गते १३:०५

२० माघ, वीरगञ्ज । बारा प्रहरीले अवैध रुपमा रुख कटान गरी काठ ल्याएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । निजगढ नगरपालिका वडा नम्बर-४ पुरानो निजगढ बस्ने ३० वर्षीय राजकुमार चौधरी र एक जना १२ वर्षीय बालकलाई पक्राउ गरेको हो ।

७ फिट लम्बाई, ४ ईन्च चौडाई, ३ इन्च मोटाई भएको १६ थान चिरान सालको काठसहित उनीहरुलाई बिहीबार बिहान पक्राउ गरेको ईलाका प्रहरी कार्यालय निजगढले जानकारी दिएको छ ।

जंगलबाट अवैध रुपमा रुख कटानी गरी ट्याक्टरमा निजगढ-८ खयरघारी ल्याउँदै गर्दा उनीहरुलाई पक्राउ गरेको दाबी प्रहरीले गरेको छ ।

प्रहरीका अनुसार ट्याक्टर चालक भने फरार भएका छन् । अन टेस्ट लेखिएको ट्रयाक्टरमा ना ५ त १०७ नम्बरको टेलर जोडेर काठ ल्याउँदै गर्दा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।

बरामद गरिएको काठ, ट्याक्टर सहित दुवैजनालाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालयमा बुझाउने तयारी भइरहको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जनानकारी दिए ।

४१ वटा सामुदायिक वन, ४ वटा साझेदारी वन, पर्सा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय वन र निजी वनसहित बारामा ४७ हजार १ सय ८२ हेक्टर वन क्षेत्र छ ।

वन क्षेत्रभित्रै घना वस्ती बसको र बाटोघाटोको विस्तारले वन क्षेत्रबाट अवैध रुख कटानी गरी काठ तस्करी हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?