+
+

वीरगञ्ज भन्सारले रोक्यो १८६ कम्पनीको कारोबार

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २१ गते १५:०८

२१ माघ, काठमाडौं । वीरगञ्ज भन्सार कार्यालयले बेरुजु रकम दाखिला नगर्ने १८६ फर्म तथा कम्पनीको कारोबार रोक्का गर्ने निर्णय गरेको छ ।

नेपाल टेलिकम, भ्याली कोल्डस्टोर, पतञ्जली आयुर्वेद, अर्किड इन्टरनेशनलसहितका कम्पनीको कारोबार रोक्का राख्ने निर्णय भएको प्रमुख भन्सार प्रशासक अरुण पोखरेलले अनलाइनखबरलाई बताए ।

पटक-पटक ताकेता गर्दा पनि भन्सार कारोबारको दायित्व चुक्त्ता गर्न नआएपछि कारोबार रोक्काको निर्णय गरिएको उनले बताए । ती फर्मले कम्तीमा चार हजारदेखि बढीमा ४० लाखसम्म बेरुजु फर्स्यौट गर्न बाँकी रहेको उनको भनाइ छ ।

केही कम्पनीले आर्थिक वर्ष २०६०/६१ देखिको वक्यौता नतिरेको पाइएको सहायक भन्सार प्रशासक वीरगञ्ज भन्सार प्रमुख हरिहर पौडेलले बताए । यस्ता कम्पनीको कुल बक्यौता १७ करोडभन्दा बढी छ । कारोबार रोक्काको निर्णयपछि कम्पनीहरु बेरुजु तिर्न बाध्य हुने उनले बताए ।

प्रमुख भन्सार प्रशासक पोखरेलका अनुसार वीरगञ्ज भन्सार कार्यालयले राजश्व लक्ष्य प्राप्त गर्ने अलावा भन्सार चुहावट, बेरुजु फर्स्यौट तथा मुद्दा फर्स्यौटलाई विशेष प्राथमिकतामा राखेको छ । उनका अनुसार आर्थिक वर्षको हालसम्मको अवधिमा वार्षिक राजश्व लक्ष्यको १०३.९ प्रतिशत लक्ष्य प्राप्त भएको उनी बताउँछन् ।

पोखरेलका अनुसार भन्सार चुहावट नियन्त्रणका लागि भन्सार गस्ती बढाइएकाले हालसम्म करिब ५ करोड ६५ लाख रुपैयाँ बराबरको सामान जफत भइ भन्सार दाखिला गरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?