२३ माघ, काठमाडौं । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) यथास्थिति स्वीकार गर्न नसक्ने बताएका छन् ।
एमसीसी अनुमोदनका लागि समय माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवासँग मिलेर लेखेको पत्र सार्वजनिक भएपछि प्रचण्ड दबाबमा छन् । तर यो पत्र सार्वजनिक भएका कारण माओवादीको दृष्टिकोण र अडान फरक नपर्ने भन्दै श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पार्टी दृढ छ, यथास्थितिमा यो सम्झौता स्वीकार गर्न र संसदीय अनुमोदन प्रक्रिया अघि बढाउन मिल्दैन, सकिँदैन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4