+
+

शपथग्रहणमा किन गएनन् आन्तरिक मामिलामन्त्री कार्की ?

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २३ गते १६:३८
केदार कार्की/फाइल तस्वीर

२३ माघ, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आइतबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले नेपाली कांग्रेस र आफ्नो दल एकीकृत समाजवादीबाट तीन–तीन जना, माओवादी केन्द्रबाट दुई मन्त्री नियुक्त गरेका हुन् ।

नवनियुक्त मन्त्रीहरुले आइतबार नै प्रदेश प्रमुख परशुराम खापुङ समक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।

तर शपथग्रहण कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की भने उपस्थित भएनन् । मुख्यमन्त्रीले जानकारी नदिई मन्त्रालय विभाजन गरेका कारण आफू शपथग्रहणमा नगएको मन्त्री कार्कीले अनलाइनखबरलाई बताए ।

सत्तारुढ गठबन्धनका दलहरुबीच भागवण्डा मिलाउन मन्त्रालय फुटाएर १२ बनाउने क्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालय मातहत रहेको सञ्चारलाई छुट्याइएको छ, यातायात व्यवस्था तथा सञ्चार मन्त्रालय बनाइएको छ ।

पार्टीबाट मन्त्रीका भएकाहरुको नाममा समेत उनको असन्तुष्टि रहेको कांग्रेसका एक सांसदले बताए । आइतबार कांग्रेसबाट शेखरचन्द्र थापा, ओमप्रकाश शरावगी र प्रतापप्रकाश हाङमाङ मन्त्री बनेका छन् । तीनै जना संस्थापन पक्षका हुन् ।

मुख्यमन्त्री राईले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकै सिफारिस अनुसार उनीहरुलाई मन्त्री बनाएका हुन् ।

स्रोतका अनुसार डा. शेखर कोइराला पक्षबाट मन्त्री नपरेकोमा समेत कार्कीको असन्तुष्टि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?