२३ माघ, काठमाडौं । भारतीय क्रिकेट टिमले एक हजार एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडीआई) प्रतियोगिता खेल्दै नयाँ कीर्तिमान बनाएको छ ।
विश्व क्रिकेटको इतिहासमा एक हजार ओडीआई खेल्ने पहिलो टोली भारत बनेको हो । अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा वेष्ट इन्डिजविरुद्ध खेल सुरु भएपछि भारतले यो उपलब्धि हासिल गरेको हो ।
अहिले भारत र वेष्ट इन्डिजबीचको खेल जारी छ । घरेलु मैदानमा भारतले टस जितेर फिल्डिङ रोज्दै पाहुना टोलीलाई ब्याटिङको निम्तो दिएको छ । भारतले सन् १९७४ मा इङ्ल्यान्डविरुद्ध पहिलो एकदिवसीय क्रिकेट खेलेको थियो ।
भारतपछि अष्ट्रेलियाले ९५८ खेल खेलेको छ भने पाकिस्तानले ९३६ खेल खेलेको छ । सन् २०१८ मा पहिलो पटक ओडिआई मान्यता पाएको नेपालले १६ खेल खेलेको छ ।
प्रतिक्रिया 4