+
+

स्थानीय तह निर्वाचनका लागि आयोगले माग्यो गाडी, भवन लगायतको विवरण

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २४ गते १८:०३

२४ माघ, काठमाडौं । निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक प्रक्रिया अघि बढाएको छ । आयोगले निर्वाचनका लागि आवश्यक पर्ने भवन, परिवहनका साधन, फर्निचर वा अन्य भौतिक साधन लगायत व्यवस्थापनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत पत्राचार गरी स्थानीय तहसँग विवरण मागेको हो ।

सरकारले सोमबार मात्रै स्थानीय तहको निर्वाचन ३० वैशाख २०७९ मा गर्ने निर्णय गरेको छ ।

आयोगले सोमबार विज्ञप्ति जारी गर्दै आसन्न स्थानीय तह तथा जिल्ला समन्वय समितिको निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि ७५३ वटै स्थानीय तहले माघ मसान्तभित्र आवश्यक विवरण आयोगमा पठाउन भनेको हो ।

मुख्य निर्वाचन अधिकृत/निर्वाचन अधिकृतको कार्यालय स्थापना भएपछि कार्यालय सञ्चालनका लागि सम्बन्धित स्थानीय तहबाटै कम्तीमा एक/एक थान चालु अवस्थाको डेस्कटप कम्प्यूटर, ल्यापटप, स्क्यानर र प्रिन्टर उपलब्ध हुनेगरी व्यवस्थापन गरिदिन आयोगले सबै स्थानीय तहलाई अनुरोध समेत गरेको छ ।

हेर्नुहोस् विज्ञप्तिः

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?