
२५ माघ, काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका जुम्ला जिल्ला इञ्चार्ज चन्द्रबहादुर तिरुवा ‘रविकिरण’ नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान खुमलटारस्थित निवासमा तिरुवालाई पार्टी प्रवेश गराए ।
प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार तिरुवासँगै जिम्ला जिल्ला कमिटीका सदस्यहरु पनि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
अध्यक्ष प्रचण्डले नवप्रवेशी नेता तथा कार्यकर्ताहरुलाई पार्टीमा उचित जिम्मेवारी दिइने बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4