२५ माघ, काठमाडौं । संगीतकार आशिष अविरललाई पितृशोक परेको छ । उनका बुवा बलबहादुर परियारको निधन भएको हो ।
परियारको निधनप्रति संगीतकर्मीहरुले दुःख व्यक्त गरेका छन् । संगीतकार सुरेश अधिकारीले फेसबुकमार्फत संगीतकार अविरलको बुबाको निधनको जानकारी दिँदै दुःख व्यक्त गरेका छन् ।
यस्तै गायक शिव परियार, संगीतकार वसन्त थापा, गीतकार विपिन किरण लगायतले पनि संगीतकार अविरलको बुवाको निधनमा दुःख व्यक्त गरेका छन् ।
संगीत संयोजकसमेत रहेका अविरलले संगीत गरेका तिमीले दिने माया, तिमीविनाको जीवन, माया ओ माया, माया लुकीलुकी लगायत गीत लोकप्रिय छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4