+
+

पार्टी छोड्ने निर्णयमा पुनर्विचार गर्न कमल थापालाई राप्रपाको अनुरोध

राष्ट्रिय प्रजातन्त्र पार्टीले निवर्तमान अध्यक्ष कमल थापालाई पार्टीबाट अलग हुने निर्णय पुनर्विचार गर्न अनुरोध गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २५ गते १८:४२

२५ माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले निवर्तमान अध्यक्ष कमल थापालाई पार्टीबाट अलग हुने निर्णय पुनर्विचार गर्न अनुरोध गरेको छ ।

थापाले मंगलबार नै पार्टीबाट अलग हुने घोषणा गरेका थिए । थापाको घोषणापछि बसेको राप्रपा पदाधिकारीको बैठकले उनलाई निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको हो ।

‘राप्रपाको ऐतिहासिक एकता महाधिवेशनपछि राप्रपाको लोकप्रियतामा वृद्धि तथा राष्ट्रिय शक्तिका रुपमा उदय र विकास भइरहेको समयमा राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाबाट अनपेक्षित तथा अप्रत्यासित रुपमा व्यक्तिगत तवरले पार्टीबाट अलग हुने भनी गरिएको घोषणाप्रति दुःख प्रकट गर्दछौं’ प्रवक्ता मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

राप्रपा राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनाको सैद्धान्तिक अवधारणा र कार्यदिशामा अविचलित रहेको भन्दै राप्रपाले यस घटनाबाट दुविधामा नपर्न नेता कार्यकर्तालाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?