+
+

कांग्रेसको पदाधिकारी बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २६ गते ९:४९

२६ माघ, काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । बैठक दिउँसो तीन बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ ।

बैठकमा भोलि बस्ने केन्द्रीय कार्य सम्पादन समितिको बैठकका एजेण्डाबारे छलफल हुने नेपाली कांग्रेसले जनाएको छ ।

बैठकमा स्थानीय तहको निर्वाचन, एमसीसी परियोजना, १६ जिल्लामा बाँकी अधिवेशन, म्याद सकिएका भ्रातृ संस्था लगायतका विषयमा पनि छलफल हुनसक्ने नेताहरुले बताएका छन् ।

कार्यसम्पादन समितिको बैठकका एजेण्डाबारे मंगलबारको पदाधिकारी बैठकमा पनि छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?