+
+

कांग्रेस कार्यसम्पादन समितिको बैठक भोलि, स्थानीय निर्वाचनबारे छलफल हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २६ गते १८:४८

२६ माघ, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्य सम्पादन समिति बैठकमा स्थानीय तह निर्वाचन केन्द्रित भएर छलफल गर्ने भएको छ ।

बुधबार बसेको काँग्रेस पदाधिकारी बैठकले बिहीबार बोलाइएको केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा स्थानीय तह निर्वाचनका विषयमा छलफल गर्ने गरी एजेण्डा तय गरेको छ ।

स्थानीय तह निर्वाचनमा पार्टीलाई कसरी सशक्त बनाउने भन्ने विषयमा केन्द्रित भएर केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा छलफल गरिने पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

कार्यसम्पादन समितिको बैठकमा कोभिड–१९ को महामारीका कारण स्थगित १६ जिल्लाको अधिवेशन सम्पन्न गराउने र पार्टीका भातृ तथा शुभेच्छुक संस्थाहरुलाई गतिशील बनाउने विषयमा पनि छलफल हुने उनले बताए ।

‘स्थानीय निर्वाचनमा हामी कसरी सशक्त रुपमा प्रस्तुत हुने ? कसरी पार्टीलाई परिचालन गर्ने ? र यो १६ जिल्लाको अधिवेशन जुन स्थगित भएको छ । त्यसलाई कसरी अघि बढाउने ? र, सँगसँगै यो भातृ–शुभेच्छुक संस्थाहरुलाई कसरी गति दिने, पूर्णता दिने भन्ने विषयमा हिजो पदाधिकारी साथीहरुले छलफल गरेका थियौ, त्यो सभापतिज्यूलाई ब्रिफ ग¥यौं । उहाँका कुराहरु पनि सुन्यौं । र, भोलि कार्य सम्पादन समितिमा आउने सुझाव र सल्लाहलाई लिएर निर्णयमा पुगौं भन्ने कुरा भयो’ उनले भने ।

बुधबार बसेको सभापति शेरबहादुर देउवाबाहेकको पदाधिकारी बैठकले नै केन्द्रीय कार्य सम्पादन समिति वैठकमा स्थानीय तह निर्वाचन केन्द्रित छलफल गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?