+
+
अर्धवार्षिक समीक्षा :

घट्यो बजेटको आकार, साढे ८६ अर्ब खर्च नहुने

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २७ गते १४:५९

२८ माघ, काठमाडौं । सरकारले अर्धवाषिर्क समीक्षामार्फत चालु आर्थिक वर्ष २०७८/७९को बजेटको आकार घटाएको छ । अब बजेटको आकार १५ खर्ब ४६ अर्ब २८ करोड हुनेछ । सरकारले सुरुको विनियोजनबाट ८६ अर्ब ५५ करोड खर्च नहुने अनुमान गरेरेर बजेट संशोधन गरेको हो ।

अब चालुतर्फ १० खर्ब ३५ अर्ब ४६ करोडढ खर्च गर्ने सरकारी लक्ष्य छ । त्यसैगरी पुँजीगततर्फ ३ खर्ब ४० अर्ब ३२ करोड खर्च गरिने छ । यसअघि पुँजीगत खर्च ३ खर्ब ८७ अर्ब १० करोड खर्च गर्ने लक्ष्य थियो ।

अब वित्तीय व्यवस्थातर्फको बजेट संशोधन गरेर १ खर्ब ७० अर्ब ४९ करोड बजेट खर्च गर्ने सरकारको लक्ष्य छ ।

यो वर्ष प्रतिस्थापन विधेयकमार्फत सरकारले १६ अर्ब ३२ अर्ब ८३ करोडको बजेट ल्याएको थियो । कुल विनियोजित बजेटको आकार घटाएर यो वर्ष सुरुशको विनियोजनको ९४.७ प्रतिशत मात्रै खर्च गर्ने गरी बजेट संशोधन भएको हो ।

समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले नेपालको बजेट प्रणाली मै समस्या रहेको बताए । बाँकी अवधिमा कार्ययोजना बनाएर काम उनको भना इछ । यो नयाँ अनुमानमा निर्वाचन खर्च, कोभिड खोप, अनिवार्य दायित्वलाइ यथावत राखिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?