+
+

कांग्रेस बैठकमा शशांकले भने : स्थानीय चुनावमा गठबन्धन नगरौं

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २७ गते १७:२३

२७ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पार्टीले एक्लै प्रतिस्पर्धा गर्नुपर्ने बताएका छन् । बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा उनले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्न नहुने बताएका हुन् ।

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै पूर्वमहामन्त्री कोइरालाले पार्टीले आफ्नो अस्तित्वका लागि पनि गठबन्धन गर्न नहुने धारणा राखेका हुन् ।  ‘अब हामीले आफ्नो अस्तित्व जोगाउनुपर्छ, कोही अर्को पार्टीसँग नमिली (निर्वाचनमा) जानुपर्छ’ कोइरालाले आफूले बैठकमा राखेको धारणाबारे भने ।

स्थानीय तह निर्वाचनलगायतका विषयमा छलफल गर्न बिहीबार पार्टी कार्यालय सानेपामा कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?