+
+

दलित आयोगको ४३ उजुरी सुनुवाइ हुन बाँकी

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २७ गते १८:२७

२७ माघ, काठमाडौं । राष्ट्रिय दलित आयोगले छानबिन र कारबाहीका लागि सिफारिस गरेका ४३ वटा उजुरीको सुनुवाइ हुन बाँकी रहेको बताएको छ ।

जात र थरकै कारण भएका कुटपिट, हत्या, दुर्व्यवहार, बहुविवाह, दलित छात्रवृत्ति हिनामिनाजस्ता विषयमा परेका उजुरी विभिन्न सरकारी निकायमा कारबाहीका लागि सिफारिस गरेको तर, सुनुवाइ हुन बाँकी रहेको आयोगले जनाएको छ ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोगले राष्ट्रिय जनगणना २०७८ को विवरण सार्वजनिक गर्दा कामी, दमाई/ढोली, सार्की शब्दको सट्टा विश्वकर्मा, परियार, मिजार राख्न सिफारिस गरेको जानकारी दिएको छ ।

त्यस्तै, दलित समुदायलाई पेसा व्यवसाय सञ्चालनका लागि सहुलियत ऋण, परम्परागत पेसाको संरक्षण एवं शैक्षिक विकासका लागि एक विद्यालय, एक दलित शिक्षक राख्न पनि सिफारिस गरेको अध्यक्ष देवराज विश्वकर्माले बताए ।

आयोगले जातीय छुवाछूत तथा विभेदको अन्त्यका लागि महोत्तरी तनहुँ, सुर्खत, कैलाली, झापालगायत जिल्लामा दलित जनप्रतिनिधिहरूको क्षमता अभिवृद्धि तथा अन्तर्क्रियात्मक कार्यक्रम गरेको पनि जनाएको छ ।

पत्रकार सम्मेलनमा अध्यक्ष विश्वकर्माले दलित समुदायमाथि विभेदको प्रकार र संख्या दिनदिनै बढ्दै गएको तर, यसको निराकरण असम्भव नरहेको बताए ।

आयोगले हालै लोकसेवा आयोगले लिएको शाखा अधिकृत परीक्षा उतीर्ण गरेका दलित समुदायका व्यक्तिलाई सम्मान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?