+
+

एमालेले कारबाही गरेका १४ सांसदको मुद्दा पेसीमा

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १ गते ११:०६

१ फागुन, काठमाडौं । आफूहरूले कारबाही गरेका १४ जना सांसदहरूलाई पदमुक्त गनु पर्ने माग राखी एमालेले दर्ता गरेको रिट निवेदनको आइतबार पेसी तोकिएको छ ।

एमालेले माधवकुमार नेपालसहित १४ जना सांसदलाई पार्टीले लगाएको ह्विप उल्लंघन गरेको आरोपमा कारबाही गरेको थियो । उनीहरूलाई दलबाट निस्कासित गरे पनि सभामुख अग्निप्रसाद सापकोटाले पदमुक्त नगरेको भन्दै मुद्दा परेको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एमालेले दर्ता गरेको छुट्टाछुट्टै मुद्दा एकसाथ पेसीमा चढेको हो । लुम्बिनी प्रदेशका सांसदमाथि भएको कारबाहीको मुद्दासमेत एकैसाथ छ ।

यो मुद्दामा अन्तरिम आदेश भएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?