+
+

प्रहरी र कानुन व्यवसायीबीच झडप

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १ गते ११:४२

१ फागुन, काठमाडौं । सर्वोच्च अदालत परिसरमा प्रदर्शन गर्न खोज्ने कानुन व्यवसायी र प्रहरीबीच झडप भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग्दै पुनः भौतिक उपस्थितिमा प्रदर्शनमा उत्रिएका कानुन व्यवसायीहरुलाई प्रहरीले रोक्न खोज्दा झडप भएको हो ।

बार एशोसिएसनको भवनतर्फबाट सर्वोच्च प्रवेश गर्न खोज्दा प्रहरीले ढोकैमा रोकेको थियो । त्यसपछि कानुन व्यवसायीहरु मूल सडकमा निस्किएर सर्वोच्चको मूल गेट तर्फ लागेका थिए ।

प्रहरीले मूल गेटमा पनि रोकेपछि उनीहरुले सडकमा प्रदर्शन गरिरहेका छन् । कानुन व्यवसायीहरुले प्रधानन्यायाधीशको राजीनामा माग्दै नारा लगाइरहेका छन् ।

उल्लेख्य संख्यामा प्रहरी र दंगा नियन्त्रण टोलीलाई सर्वोच्च परिसरमा परिचालन गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?