+
+

एकीकृत समाजवादीका १४ सांसदविरुद्धको मुद्दा स्थगित

लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी बिरामी भएका कारण सर्वोच्च अदालतमा नेकपा एमालेले कारबाही गरेका १४ सांसदको मुद्दाको सुनुवाइ स्थगित भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १ गते २०:१५

१ फागुन, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी बिरामी भएका कारण सर्वोच्च अदालतमा नेकपा एमालेले कारबाही गरेका १४ सांसदको मुद्दाको सुनुवाइ स्थगित भएको छ ।

सुवेदीले आफू रुघा, खोकी र ज्वरोले ग्रसित भएको र कोरोनाको लक्षण देखिएको भन्दै आइसोलेसनमा रहेका कारण मुद्दा स्थगित गर्न निवेदन दिएका थिए ।

न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले ‘विवादित विषयवस्तुको महत्व र संवेदनशीलताका दृष्टिले विवादमा छिटो छरितो रूपमा सुनुवाइ हुनु मनासिव देखिएको’ भन्दै मुद्दालाई छिटो पेशीमा तोक्न आदेश दिएको हो ।

आफूले कारबाही गरेका १४ सांसदलाई सभामुखले पदबाट नहटाएको भन्दै नेकपा एमाले र एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए । ती १४ सांसद हाल नेकपा एकीकृत समाजवादीमा छन् ।

त्यस्तै लुम्बिनी प्रदेशसभामा नेकपा एमालेले कारबाही गरेका दुई सांसदलाई सभामुखले नहटाएको भन्दै एमालेले सर्वोच्चमा रिट दायर गरेको थियो । यी दुवै मुद्दा सर्वोच्चले सँगै राखेर सुनुवाइ गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?