+

प्रदेश स्थापना दिवस पारेर गण्डकीमा छेलो, तारो र घोडचढी प्रतियोगिता हुँदै

२०७८ फागुन  २ गते १३:५२ २०७८ फागुन २ गते १३:५२
प्रदेश स्थापना दिवस पारेर गण्डकीमा छेलो, तारो र घोडचढी प्रतियोगिता हुँदै

२ फागुन, काठमाडौं । गण्डकी प्रदेश खेलकुद परिषद्ले प्रदेश स्थापना दिवसका अवसरमा दुई परम्परागत खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ ।

प्रदेश सदस्यसचिव तेज गुरुङका अनुसार पोखरा रंगशालामा मंगलबार छेलो प्रतियोगिता आयोजना हुनेछ । मनाङमा अर्को परम्परागत खेल घोडचढीको आयोजना हुनेछ । घोडचढी र तारो चैत महिनामा हुनेछ ।

‘क्रमश: अरु खेल पनि आयोजना गर्दै लाने योजना हो । यी खेलहरूको हाम्रो समुदायसँग विशेष साइनो छ । यहाँको समुदायको संस्कृतिसँग जोडिएको भएको हुनाले प्रतियोगिता आयोजना गरेर संरक्षणको प्रयास गरेका हौं,’ सदस्यसचिव गुरुङले अनलाइनखबरसँग भने । उनले यस्ता परम्परागत खेलको प्रतियोगिता नियमित गरिनेसमेत बताएका छन् ।

परम्परागत खेललाई आधुनिक नियमसँग जोडेर प्रतियोगिता आयोजना हुन लागेको गुरुङले बताए । छेलोका तीन विधाका स्पर्धा समावेश गरिएको छ । पुरुषतर्फ ठूलो र सानो ठेलो गरी दुई स्पर्धा र महिलातर्फ एक स्पर्धा समावेश गरिएको छ ।

प्रतियोगिताका खेलहरु छेलोको अन्तर्राष्ट्रिय नियमअनुसार खेलाइनेछ।

छेलो
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय