+
+

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना पनि संसदीय समितिका बैठकमा सहभागी हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ३ गते ७:०७
राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना । फाइल तस्वीर

३ फागुन, काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतका समितिका बैठकहरुमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना पनि सहभागी हुने भएका छन् ।

संसदीय समितिका काम कारवाहीलाई प्रभावकारी तुल्याउन र सदस्यलाई प्रोत्साहन गर्न भन्दै उनी पनि समितिका बैठकमा सहभागी हुन लागेका छन् ।

विधायन व्यवस्थापन समितिको आजको बैठकमा राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना पनि सहभागी हुने समितिका सभापति परशुराम मेघी गुरुङले जानकारी दिए । ‘समितिबाट जनचासोका कानुन निर्माणका प्रयास र भइरहेका काम–कारवाहीका अभ्यासको अध्यक्ष तिमिल्सिनाले बैठकमा सहभागी भएर प्रत्यक्ष अनुभव हासिल गर्ने’ उनले बताए ।

विधायन व्यवस्थापन समितिमा सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथिको छलफल प्रतिवेदन निर्माणको चरणमा छ ।

धुलिखेलमा गत बिहीबार भएको प्रदेशसभाका उपसभामुखसँगको अनुभव आदानप्रदान कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले अनुकूलताका आधारमा समिति बैठकमा सहभागी हुने अभ्यासको थालनी गर्ने घोषणा गरेका थिए ।

राष्ट्रियसभा मातहत दिगो विकास तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आवश्वासन समिति र राष्ट्रिय सरोकार तथा समन्वय समिति छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?