+
+

प्रधानमन्त्रीले भने : भोलि संसदमा एमसीसी टेबुल हुनेमा विश्वस्त छु

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ३ गते १३:३४

३ फागुन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल हुनेमा आफू विश्वस्त रहेको बताएका छन् ।

मंगलबार नेपाली कांग्रेस संसदीय दलको बैठकमा उनले आफूले समामुख अग्निप्रसाद सापकोटासँग यस विषयमा परामर्श गरेको र एमसीसी सम्झौता टेबुल हुनेमा विश्वस्त रहेको बताएका कांग्रेस महामन्त्री गगन थापाले जानकारी दिए ।

‘मैले सभामुखसँग यस विषयमा परामर्श गरेको छु र म भोलि टेबुल हुन्छ भन्ने कुरामा विश्वस्त छु भनेर सभापतिज्यूले भन्नुभएको छ’ उनले भने ।

कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले संसदमा टेबुल भइसकेपछि सबै राजनीतिक दलले यो सम्झौताको पक्षमा अनुमोदन गर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?