+
+

जागिर मिलाइदिन्छु भन्दै करिब १९ लाख ठगी गरेको आरोपमा एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ३ गते १७:३९

३ फागुन, काठमाडौं । आफूलाई संयुक्त राष्ट्र संघ(यूएन)को ईन्जिनियर हुँ भन्दै यूएनमा जागिर लगाइदिने प्रलोभन देखाई विभिन्न व्यक्तिहरूबाट लाखौं ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । प्रहरीले १८ लाख ८५ हजार रुपैयाँ ठगी गरी फरार रहेको आरोपमा पक्राउ गरेको हो ।

प्रहरीले डोटीको साबिक तोलेनी गाविस बस्ने २६ वर्षीय दिनेश सिंहलाई सोमबार बिहान पक्राउ गरेको हो । दिनेशले विभिन्न मितिमा कास्की पोखराबाट उक्त रकम ठगी गरी फरार भएको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले ईलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीसँगको समन्वयमा बुटवल उपमहानगरपालिका-९ मिलनचोकबाट पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट एक थान ल्याप्टप, दुई थान मोबाइल, पहेलो रंगको एक थान सिक्री, एक थान औंठी, विभिन्न कम्पनीको ६ थान सिम, १० थान नेपाल राष्ट्र बैंकको कार्ड होल्डर पनि बरामद गरेको छ । साथै विभिन्न व्यक्तिको नागरिकताको प्रतिलिपी, ठगी गर्ने प्रयोजनको लागि बनाएका विभिन्न कागजात र नगद ६७ हजार रुपैयाँसमेत बरामद गरेको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?