+
+

कांग्रेसले भन्यो : एमसीसी सम्झौतामा सभामुखले आलटाल र अवरोध गर्न मिल्दैन

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ३ गते २०:०१

३ फागुन, काठमाडौं । नेपाली कांग्रेसले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदमा प्रस्तुत गर्न सभामुखले आलटाल र अवरोध गर्न नमिल्ने बताएको छ ।

केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रिय हित, अन्तर्राष्ट्रिय सम्बन्ध, आर्थिक कुटनीति र पूर्वाधार विकाससँग जोडिएको एमसीसी जनप्रतिनिधि संस्थामा प्रस्तुत गराउन र छलफल गराउन सभामुखले रोक्न नमिल्ने निष्कर्ष निकालेको हो ।

कांग्रेसको निर्णयमा भनिएको छ, ‘राष्ट्रिय हित,अन्तराष्ट्रिय सम्बन्ध, आर्थिक कुटनीति र पूर्वाधार विकाससंग जोडिएको यो संवेदनशील विषय तथा आम चासो र सरोकारको विषय जनप्रतिनिधि संस्था सार्वभौम संसदमा प्रस्तुत र छलफल गराउन सभामुखले कुनै पनि वहानामा रोक्न, आलटाल र अबरोध गर्न मिल्दैन । यो संवेदनशीलतालाई बुझेर तत्कल यो विषयलाई संसदको एजेण्डा बनाउनु सभामुखको जिम्मेवारी हो ।’

कांग्रेसले एमसिसी सम्झौतालाई संघीय संसदमा अनुमोदनका लागि अबिलम्ब प्रस्तुत गर्न सरकारलाई सुझाव पनि दिएको छ । त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एमसीसी सम्झौता संसदमा पेश गरेकाले संसदबाट अनुमोदन गराउन नेकपा एमालेले सहयोग गर्ने आशा राखेको छ । त्यस्तै तत्कालिन नेकपामा रहेको र एमसीसी सम्झौताको विभिन्न प्रक्रियामा सहभागी भएको नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीलगायतका राजनितिक दलले पनि अनुमोदनमा सहयोग गर्ने कांग्रेलस अपेक्षा राखेको छ ।

‘तत्कालिन नेकपा नेतृत्वको आफ्नै सरकारले संसदमा दर्ता गरेको र सम्झौताको विभिन्न प्रकृयामा सहभागी भएका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी लगायतका राजनीतिक दलहरूले संसदमा एमसीसी सम्झौता अनुमोदन गर्ने विषयमा सकारात्मक र जिम्मेवार ढङ्गबाट प्रस्तुत हुनुपर्छ भन्ने अपेक्षा नेपाली कांग्रेस राख्दछ’ कांग्रेसको निर्णयमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?