+
+

स्थानीय तह चुनावको प्रचार अवधि १३ दिन मात्रै

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ४ गते १३:०८

४ फागुन, काठमाडौं । आगामी स्थानीय तहको चुनावमा उम्मेदवारहरूले १३ दिन मात्रै चुनावी प्रचार गर्न पाउने भएका छन् ।

निर्वाचन आयोगले तय गरेको कार्यतालिका अनुसार वैशाख ९ वा १० गते उम्मेदवारी दर्ता हुनेछ । र दावी विरोध लगायत कार्य सकेर वैशाख १५ गते उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन हुनेछ ।

उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएपछि चुनावी प्रचारको समय सुरु हुन्छ ।

र चुनाव हुने दिनभन्दा ७२ घण्टा अगाडिदेखि मौन अवधि सुरु हुन्छ । अर्थात, उम्मेदवारहरूले बैशाख २८ गतेसम्म मात्रै चुनावी प्रचार गर्न पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?