+
+

एमसीसीको विरोधमा तातेको सडक (फोटो फिचर)

विकास/चन्द्र/आर्यन/शंकर विकास/चन्द्र/आर्यन/शंकर
२०७८ फागुन ४ गते १९:५३

४ फागुन, काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदमा टेबल गर्न लागेको विरोधमा काठमाडौंमा बुधबार प्रदर्शन भएको छ ।

सत्तारुढ गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, संसदमा रहेका नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र संसद बाहिर रहेका विप्लव नेतृत्वको नेकपालगायतका राजनीतिक दलहरु एमसीसीको विरोधमा प्रदर्शनमा उत्रिएका थिए ।

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, राम कार्कीलगायतका नेताहरु आफैं सडक प्रदर्शनमा सहभागी भए । त्यस्तै माओवादीको युवा संगठन वाईसीएल अध्यक्ष सुमन देवकोटा सामान्य घाइते भएका थिए ।

५० मिलियन अमेरिकी डलर बराबरको मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) कार्यान्वयनअघि यसम्बन्धी सम्झौता संसदबाट अनुमोदन हुनुपर्ने शर्त रहेकाले नेपालमा यसको विरोध भइरहेको छ ।

बुधबारको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता पेश गर्ने तयारी भएको विरोधमा दलका कार्यकर्ताहरु सडकमा उत्रिएर ‘एमसीसी खारेज गर’ को नारा लगाएका हुन् ।

संघीय संसद भवन नयाँ बानेश्वर केन्द्रित प्रदर्शन नियन्त्रण गर्न ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी कर्मचारी परिचालन गरिएका थिए । संघीय संसद भवनको पश्चिमतर्फ एभरेस्ट होटल नजिकदेखि निषेधित क्षेत्र तोकिएकाले प्रहरीले प्रदर्शनकारीलाई अघि बढ्न नदिन सडक बन्द गराएर बार राखेको थियो ।

सो बार हटाएर संसद भवनतर्फ अघि बढ्न खोज्ने प्रदर्शनकारी र प्रहरीबीच बुधबार दिउँसो झडप भएको थियो । प्रहरीले प्रदर्शनकारीलाई हटाउन पानीको फोहोरा, अश्रुग्यास र लाठीचार्ज गरेको थियो । प्रदर्शनकारीले पनि प्रहरीतर्फ ढुंगा र इँटा प्रहार गरेका थिए । झडपका क्रममा केही प्रदर्शनकारी र प्रहरी घाइते भएका छन् । प्रहरीले सय भन्दा बढीलाई पक्राउ गरेको छ ।

हेर्नुहोस् तस्वीर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?