+
+

थप ३५० जनामा कोरोना संक्रमण पुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ७ गते १६:५८

७ फागुन, काठमाडौं । पछिल्लो २४ घण्टामा ३५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने चार जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ५३८ पीसीआर परीक्षणमा १९८ जना र तीन हजार ५५८ एन्टिजेन परीक्षणमा १५२ जना गरी ३५० जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ४ जनाको मृत्यु भएको छ, त्यस्तै एक हजार २७२ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १३ हजार ३५७ रहेको छ ।

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै काठमाडौं जिल्लामा ५१ जनामा संक्रमण पुष्टि भएको छ । त्यसपछि कास्कीमा २२, कैलालीमा ९, लमजुङमा ८, झापा, ललितपुर र दाङमा ७/७ जना, रुपन्देही र सर्लाहीमा ६/६ जनामा संक्रमण पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?