+
+

भक्तपुरमा अचेत अवस्थामा फेला परेका दुई जनाको मृत्यु

रासस रासस
२०७८ फागुन ७ गते १७:२९

७ फागुन, भादगाउँ । भक्तपुरमा अचेत अवस्थामा फेला परेका दुई जना र घरको भर्‍याङबाट लडेर एक जना मृतावस्थामा फेला परेका छन् ।

मध्यपुर थिमी नगरपालिका–२ सानोथिमीको दुई भिन्नाभिन्नै स्थानमा अचेत अवस्थामा फेला परेका दुईजना र सानो थिमीमै भर्‍याङबाट लडेर एक जनाको मृत्यु भएको हो । त्यस्तै सूर्यविनायक नगरपालिका–९ नंखेलमा एक पुरुष मृतावस्थामा फेला परेका छन् ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार सानोथिमीस्थित मगरगाँउमा ७८ वर्षीय शिवराम श्रीमालीको आफ्नै एकतले घरको भर्‍याङबाट लडेर मृत्यु भएको हो । लडेर घाइते भएका श्रीमालीलाई उपचारका लागि नेपाल–कोरिया मैत्री नगरपालिका अस्पताल थिमी लगिएकामा उपचारकै क्रममा मृत्यु भएको परिसरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बताए ।

त्यस्तै मध्यपुर थिमी–२, सानोथिमीस्थित दिव्यश्वरी प्लानिङको हलेसी मार्टपछाडि सडकमा घोप्टो भई अचेत अवस्थामा फेला परेका उदयपुर कटारी–९ का ३५ वर्षीय सुरज तामाङको उपचारका क्रममा मृत्यु भएको प्रनाउ पाण्डेले जानकारी दिए । तामाङलाई उपचारका लागि नेपाल– कोरियामैत्री अस्पताल लगिएकामा उपचारकै क्रममा मृत्यु भएको उनले बताए ।

यसैगरी मध्यपुर थिमी–२, सानोथिमीस्थित एक घरमा डेरा गरी बस्ने उदयपुर गाईघाटका ४० वर्षीय गणेश मगरको पनि उपचारका क्रममा मृत्यु भएको छ । मगर शौचालयमा अचेत अवस्थामा फेला परेका थिए ।

शौचालयमा चुकुल लगाई अचेत अवस्थामा रहेका मगरलाई उनकै श्रीमतीले फेला पारी प्रहरीलाई खबर गरेकी थिइन् । उनलाई प्रहरी प्रभाग सानोथिमीको प्रहरी टोलीले उद्धार गरी अस्पताल पुर्‍याएको थियो ।

यस्तै सूर्यविनायक–९ नंखेल भाराली खोलामा पहिचान नखुलेको करिब ४४ वर्षीय पुरूषको शव फेला परेको प्रहरीले जनाएको छ । गहुँगोरो, पाँच फिट उचाइ रहेको ती पुरूषले हरियो रङको नर्थफेस लेखेको ज्याकेट, हरियै ट्रयाक सुट र ऊनको टोपी लगाएको प्रहरीले बताएको छ । प्रहरीले चारवटै घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?