+
+

न्याय सेवा आयोगको बैठक आज बस्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ८ गते ७:२४

८ फागुन, काठमाडौं । आज न्याय सेवा आयोगको बैठक आज बस्दै छ । कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले आयोगको बैठक डाकेका हुन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा विवादमा फस्दै गएपछि गत असोजदेखि आयोगको औपचारिक बैठक बसेर कुनै निर्णय हुन सकेको छैन । तर कागजी प्रक्रिया पुर्‍याएर प्रधानन्यायाधीश जबराकोमा प्रस्ताव पठाई केही निर्णय भने भएका थिए ।

आजको बैठकको प्रस्तावमा लोक सेवा आयोगले लिएको परीक्षाबाट उत्तीर्ण भएका जिल्ला न्यायाधीशहरुको नाम सिफारिस, कर्मचारीहरुको सरुवा, बढुवा लगायतका विषय रहेको परिषद स्रोतले बतायो ।

न्याय सेवा आयोगमा प्रधानन्यायाधीश सहित कानूनमन्त्री, सर्वोच्च अदालतका बरिष्ठतम न्यायाधीश, महान्यायाधिवक्ता र लोक सेवा आयोगका अध्यक्ष पदेन सदस्य हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?