+
+

संसदमा एमालेको अवरोध यथावत्

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ८ गते ११:४४

८ फागुन, काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा अवरोध कायमै राख्ने भएको छ ।

आफूहरुले उठाएको मागमा सत्ता गठबन्धन र सभामुखले सुनुवाइ नगरेका कारण संसदका कुनै पनि प्रक्रियामा भाग नलिने र नारावाजी गर्ने पुरानो निर्णय यथावत रहेको प्रमुख सचेतक विशाल भट्टराईले बताए ।

‘हामीलाई संसदीय कामकारबाहीमा भाग लिने वातावरण सभामुख र सत्तारुढ गठबन्धनले नबनाएका कारणले गर्दा हामी आन्दोलन गर्न विवश छौं,’ भट्टराईले भने, ‘संसदमा के आउँछ विषयवस्तुका आधारमा होइन हामीमाथि गरेको व्यवहारका र विभेदका कारणले जे आए पनि संसदीय कामकारबाहीमा भाग लिन नसक्ने व्यहोरा जानकारी गराउँछौ ।’

भट्टराईका अनुसार कार्यव्यवस्था समितिको बैठकमा पनि एमाले सहभागी हुने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?