+
+

विवाह खर्च कटाएर विद्यालयमा अक्षयकोष

रासस रासस
२०७८ फागुन ८ गते १२:४८

८ फागुन, गुल्मी । पछिल्लो समय विवाहमा भोजभतेरका नाममा फजुल गर्ने प्रचलन बढेको छ ।

गुल्मीका एक दम्पतीले विवाहमा हुने भोजभतेरको खर्च कटाएर विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । जिल्लाको चन्द्रकोट गाउँपालिका–१ दिब्रुङ्ग सराङका नवराज खरेल दम्पतीले विवाहको खर्च कटाएर अक्षयकोष स्थापना गरेका हुन् ।

खरेलको शुक्रबार रुरुक्षेत्र गाउँपालिका–४ बलेटक्सारकी विद्या खड्कासँग विवाह भएको थियो । विवाहको अर्को दिन शनिबार खरेल दम्पतीले दिब्रुङ्गकै शारदा माध्यमिक विद्यालयमा रु ५० हजार १०१ को अक्षयकोषको स्थापना गरेका हुन् ।

त्यस्तै उनीहरुले विद्यालयका लागि एक हजार पाँच सय सर्जिकल माक्स पनि हस्तान्तरण गरेका छन् । खरेल सोही विद्यालयका पूर्वविद्यार्थी हुन् । उनी अहिले नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालयका खेलकुद तथा स्काउट प्रशिक्षक हुन् ।

खरेल आइटिएफ तेक्वान्दोका शिक्षक एवम् डोरितान खेल लुम्बिनी प्रदेशका अध्यक्ष हुन्। खड्का पनि स्काउट विपत् व्यवस्थापन आकस्मिक उद्धारकर्ता हुन् ।

त्यसैले उनले उक्त रकम खेल र स्काउटको क्षेत्रमा खर्च हुनेगरी अक्षयकोषको स्थापना गरेका हुन् । भोजभतेर गर्नुभन्दा समाजमा केही उदाहरणीय काम गर्ने प्रेरणाका साथ अक्षयकोषको स्थापना र माक्स प्रदान गरेको खरेलले बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?