+
+

पोखरामा भारी आसिना पानी, सडक नै अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ८ गते १६:०३

८ फागुन, पोखरा । आइतबार दिउँसो पोखरामा भारी असिना पानी परेको छ । असिना पानीले पोखराको सडक अवरुद्ध भएको थियो । पोखराको न्यूरोड, चिप्लेढुंगा, बगर, अमंरसिह चेकको भागमा असिनाले पूरै छोपेको थियो ।

गुडिरहेका बसहरू रोकिएका थिए्, बाटो हिँडिरहेका मान्छेहरू ओत बसेका थिए् । सडकमा व्यापार गरेर बसेका मानिसहरू बिचल्लीमा परे। बिहानैदेखि मौसम अध्यारो भए पनि यति धेरै असिना पानी आउने आँकलन नभएकाले पोखराका बजार क्षेत्रअवरुद्ध भएको हो ।

बाटोमा असिनाका थुप्रोले गर्दा यातायातका साधन चिप्लिने डर भएपछि प्रहरी र ट्राफिक प्रहरीले यातायातलाई व्यवस्थित गरी रोकिएको छ । अचानक परेको असिना पानीका कारण थुपै सवार बाटोमै रोकिएका थिए । त्यस क्षेत्रमा चार इन्चदेखि एक फुटसम्म असिना जमेको थियो । यसरी असिना परेको पहिलो पटक भएको स्थानीय थम्मन ठकुरीले बताए । असिना पानीले त्यस क्षेत्रका कृषकको तरकारी, आलु, फलफूल, तोरी, गहुँलगायत अन्नबालीमा क्षति पुगेको छ । असिना पानीले अवरुद्ध मानिसहरू बाटोमै अलपत्र परेका थिए ।

पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले महानगरका विभिन्न क्षेत्रमा व्यापक असिना परेको जानकारी आएको बताए । उनले बेमौसमी तरकारी यसले ठूलो क्षति पुर्‍याएको बताए ।

आलु, रायोलगायतका तरकारी बाली लगाएको जमिनमा केको खेति थियो भन्ने नै नदेखिने गरी असिना थुप्रिएको देखिन्छ । असिनाका कारण चारपांग्रे सवारी साधनसमेत चल्न नसक्ने अवस्था आएको थियो ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले पोखरालगायत देशका विभिन्न भूभागमा पानीसहित असिना परिरहेको मौसमविद्हरूले बताएका छन । अबका एक/दुई दिन देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हेर्नुहोस् तस्वीरहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?