+

नेपाल, मलेसिया र पपुवा न्यूगिनीबीच त्रिकोणात्मक टी-२० शृंखला हुने

२०७८ फागुन  ८ गते १८:२८ २०७८ फागुन ८ गते १८:२८
नेपाल, मलेसिया र पपुवा न्यूगिनीबीच त्रिकोणात्मक टी-२० शृंखला हुने

८ फागुन, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल, मलेसिया र पपुवा न्यूगिनीसम्मिलित त्रिकोणात्मक टी-२० शृंखला आयोजना गर्ने भएको छ ।

क्यानका कार्यवाहक सचिव प्रशान्त मल्लले मार्चको अन्तिमतिर शृंखला आयोजनाको तयारी भइरहेको अनलाइनखबरलाई जानकारी दिए ।

नेपालले गत वर्ष वैशाखमा मलेसिया र नेदरल्याण्ड्स सम्मिलित टी-२० शृंखला आयोजना गरेको थियो । सो शृंखला नेपालले नै जितेको थियो ।

नेपाली टोली हाल टी-२० विश्वकप ग्लोबल क्वालिफायरमा व्यस्त छ । छनोटअन्तर्गत बी बाट ओमान र फिलिपिन्सलाई पराजित गरेको नेपालले सोमबार क्यानडासँग प्रतिस्पर्धा गर्दैछ ।

क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय