+
+

सरकार छाड्न माग गर्नेलाई प्रचण्डको जवाफ : केही समय हेरौं

एक सांसद भन्छन्, हामीले पार्टीको निर्णयअनुसार सरकार तत्काल छाड्नुपर्छ भन्यौं । तर उहाँ (प्रचण्ड)ले केही समय पर्खेर हेरौं भन्नुभयो ।’

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ८ गते २०:१२

८ फागुन, काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनका लागि संसदमा टेबल भएसँगै एकीकृत नेकपा माओवादीका सांसदहरुले संसदीय दलको निर्णय अनुसार सरकार छोड्न नेतृत्वसँग माग गरेका छन् । तर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक दुई दिन पर्खिन आग्रह गरेका छन् ।

आइतबार चार दलका शीर्ष नेताहरुबीच भएको छलफलमा एमसीसी संसदमा टेबल गर्ने सहमति भएको थियो । तर संसदको बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख सचेतक देव गुरुङ, जयपुरी घर्ती र रेखा शर्माले फरक मत राखे । संसद बैठकमा पनि गुरुङले एमसीसीको विरोध गरे ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी अनुमोदनका लागि टेबल गर्दा माओवादी केन्द्रका केही सांसदले उठेर विरोध गरे भने प्रचण्डसहित केही नेताहरु बसिरहे । उठेर एमसीसीको विरोध गर्नेमध्ये एक गिरिराजमणि पोखरेल भन्छन्, ‘अस्ति संसदीय दलले टेबल गर्ने भए विपक्षमा जाने भनेकाले उभिएको हुँ ।’

संसदको बैठकलगत्तै माओवादी प्रमुख सचेतक देव गुरुङलगायतले बैठक हलमै प्रचण्डसँग कुरा गर्न खोजेका थिए । संसद भवन परिसरमा भएको भेटमा सांसदहरुले संसदीय दलको निर्णयअनुसार तत्काल सरकार छाड्नुपर्ने बताएका छन् ।

एक सांसद भन्छन्, हामीले पार्टीको निर्णयअनुसार सरकार तत्काल छाड्नुपर्छ भन्यौं । तर उहाँ (प्रचण्ड)ले केही समय पर्खेर हेरौं भन्नुभयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?