+
+

मतदाता परिचयपत्रको प्रतिलिपि लिन २० फागुनसम्म निवेदन दिन सकिने

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ९ गते १७:४३

९ फागुन, काठमाडौं । निर्वाचन आयोगले हराएका वा नाश भएका मतदाता परिचय पत्रको प्रतिलिपि लिन फागुन २० गतेभित्र सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिन आग्रह गरेको छ ।

सोमबार आयोगले विज्ञप्ति जारी गर्दै आफ्नो वडा कार्यालयको सिफारिसमा सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिई प्रतिलिपि परिचय पत्र पाउन सकिने बताएको हो ।

आयोगले मतदाता नामावलीमा आफ्नो विवरणमा कुनै त्रुटि भई सच्याउनुपर्ने भएमा इमेल वा फ्याक्सबाट समेत फागुन २० गतेभित्र निवेदन दिन सकिने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले विज्ञप्तिमार्फत जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?