+
+

चोभार सुख्खा बन्दरगाहको चार किल्ला निर्धारण

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १० गते २०:१९
फाइल तस्वीर

१० फागुन, काठमाडौं । पूर्वाधार निर्माण सकिएको ७ महिनापछि चोभार सुख्खा बन्दरगाह क्षेत्रको चार किल्ला निर्धारण भएको छ । अर्थ मन्त्रालयको प्रस्तावमा निर्धारण भएको चार किला क्षेत्रलाई भन्सार क्षेत्र घोषणा गरिएको हो । राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले हालको कीर्तिपुर नगरपालिका–६ को सुख्खा बन्दरगाह क्षेत्रलाई भन्सार क्षेत्र घोषणा गरेको हो ।

भन्सार ऐन २०६४ को दफा ३ ले दिएको अधिकार प्रयोग गरी भन्सार क्षेत्रको चार किल्ला निर्धारण गरिएको राजपत्रको सूचनामा उल्लेख छ । सूचना अनुसार साविकको चोभार भूतखेल गाविस हाल कीर्तिपुर नगरपालिका–६ को सुक्खा बन्दरगाह भन्सार कार्यालय चोभारले ओगटेको चार किल्लाभित्रको २ सय ६० रोपनी क्षेत्रलाई भन्सार क्षेत्र तोकिएको हो ।

भन्सार अन्तर्गत पूर्व दिशामा बागमती नदी मसानघाटदेखि दक्षिणमा शिल खोल्सी बागमती नदीमा मिसिएको बिन्दुभित्रको क्षेत्र पर्छ भने पश्चिममा माथिल्लो गुठ बस्तीसँग जोडिएको बल्खु दक्षिणकाली सडकमा मसानघाट जानेबाटो जोडिएको बिन्दु र दक्षिणतर्फ तल्लो गुठ बस्तीसँग जोडिएको गोरेटो बाटो भन्सार क्षेत्र हुने भनिएको छ ।

यस्तै उत्तरमा बल्खु दक्षिणकाली सडकबाट पूर्वतर्फ मसान घाटा जाने बाटो बागमती नदी जोडिएको बिन्दुसम्म र सो बाटोसँग जोडिएको खोल्सीलाई भन्सार क्षेत्र घोषणा गरिएको छ ।

२०७५ असारमा निर्माण सुरु भएको बन्दरगाहको भौतिक पूर्वाधार निर्माण गत असारमा सम्पन्न भएको थियो ।

हेर्नुहोस् सूचना :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?