+
+

माओवादी अध्यक्ष प्रचण्ड र गृहमन्त्रीबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ११ गते १०:३३

११ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र गृहमन्त्री बालकृष्ण खाँणबीच भेटवार्ता भएको छ ।

भोलि बस्ने प्रतिनिधि सभा बैठकबाट एमसीसीलाई पारित गर्ने गृहकार्यमा सरकार जुटिरहेको बेला कांग्रेस नेतासमेत रहेका मन्त्री खाँण प्रचण्डलाई भेट्न खुमलटार गएका थिए । भेटमा एमससीसी परियोजना लगायतका विषयमा छलफल भएको मन्त्री खाँण निकट स्रोतले बतायो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी संसदबाट पास गर्ने प्रयासमा हिजो प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए । ‘सायद त्यही छलफलबारे प्रचण्डलाई जानकारी गराउन प्रधानमन्त्रीले गृहमन्त्रीलाई पठाएको हुनुपर्छ,’ स्रोतले भन्यो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसी जस्ताको तस्तै संसदबाट पारित नहुने बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?