+
+

कांग्रेस र एमाले मिल्दा मात्र देशले निकास पाउँछ : पूर्वराजदूत आचार्य

भारतका लागि नेपालका पूर्वराजदूत निलाम्बर आचार्यले नेपाली कांग्रेस र नेकपा एमाले मिल्दामात्र मुलुकले निकास पाउने बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ११ गते १५:२२

११ फागुन, काठमाडौं । भारतका लागि नेपालका पूर्वराजदूत निलाम्बर आचार्यले नेपाली कांग्रेस र नेकपा एमाले मिल्दामात्र मुलुकले निकास पाउने बताएका छन् ।

समवेत दृष्टि नामक पुस्तक विमोचन कार्यक्रममा पूर्वराजदूत आचार्यले भने, ‘जबजब कांग्रेस र एमाले प्रतिस्पर्धासहित सँगसँगै आउँछन्, देशले निकास पाउँछ । असमझदारी बढ्दा समस्या झन् बल्झिँदै जान्छ ।’

अहिले अदालतदेखि संसदसम्म समस्या रहेको भन्दै उनले कांग्रेस र एमाले सँगसँगै आउनुपर्ने बताएका छन् । पूर्वप्रधानमन्त्री ओलीको प्रशंसा गरेका उनले ओलीजत्तिको उचाइ भएको नेता अर्को नभएको बताए ।

आचार्यले भने, ‘ओली नेपालको सबभन्दा अग्लो नेताका रुपमा हुनुहुन्छ । अग्लो नेता हुन सजिलो छैन , किनकी पदमा हुँदा होस्, नहुँदा होस् जिम्मेवारी पनि अग्लो हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?