+
+

सरकारको दोहोरो भूमिकाको विरोधमा एमाले : महासचिव पोखरेल

रासस रासस
२०७८ फागुन ११ गते १९:०१

११ फागुन, लुम्बिनी । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले स्थानीय तहको चुनाव सार्ने चलखेल असफल भएको बताएका छन् । उनले चुनाव सार्न चाहनेको चलखेल रोकिएपछि छटपटी सुरु भएको समेत बताए ।

एमाले केन्द्रीय कार्यक्रमअन्तर्गत आजदेखि बुटवलमा सुरु भएको दुईदिने प्रदेशस्तरीय पार्टी प्रशिक्षण कार्यक्रममा महासचिव पोखरेलले एमालेको जनलहर देखेर चुनावमा एक्लै जान डराएका चुनावबाट भाग्ने असफल भएको बताए । उनले एमसिसी परियोजनाका बारेमा सरकारमा सहभागी दलहरूबीच नै दोहोरो भूमिका देखिएको भन्दै पाँचदलीय गठबन्धन सरकारको दोहोरो भूमिकाको विरोधमा एमाले रहेको बताए ।

उले सरकार एउटा दृष्टिकोण बोकेको हुनुपर्ने जनाउँदै प्रधानमन्त्रीय प्रणालीमा सरकारले दुईवटा कुरा बोक्ने कुरा हुन नहुने बताए । उनले पाँच दलीय गठबन्धन बनाएर एमाले पार्टी नेतृत्व र पार्टीविरुद्ध आक्रमण र घेराबन्दी सामना गर्न एमालेसँग जनताको साथ रहेको बताए ।

पोखरेलले चुनावी तयारीमा लाग्न सबै नेतालाई निर्देशनसमेत दिए । प्रशिक्षणमा पार्टी उपमहासचिव प्रदीप ज्ञवाली, सचिव छविलाल विश्वकर्मालगायत सहभागी छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?