+
+

कांग्रेसको सप्तरी सभापतिमा कोइराला समूहबाट साह उम्मेदवार

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ११ गते १९:३३

११ फागुन, काठमाडौं। नेपाली कांग्रेसको सप्तरी जिल्ला सभापतिमा डा. शेखर कोइराला पक्षका रामदेव साहले उम्मेदवारी घोषणा गरेका छन् ।

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा प्यानलबाट उम्मेदबारी घोषणा भएको एक दिनपछि कोइराला पक्षका साहले उम्मेदवारी घोषणा गरेका हुन् ।

बुधबार राजविराजमा आयोजित कार्यक्रममा सप्तरी क्षेत्र नम्बर-४ बाट निर्वाचित सांसद तेजुलाल चौधरीले उम्मेदवारी घोषणा गरे ।

घोषणा कार्यक्रममा पूर्व मन्त्री हेमराज तातेड, संविधानसभा सदस्य रंजित कर्ण, पुराना नेता बिकेश्वर यादव ‘बिमल’ सहितको उपस्थिति थियो ।

यसअघि देउवा पक्ष अर्थात् संस्थापन पक्षबाट शत्रुधन यादवले सभापतिका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?