+
+

एमसीसीको विपक्षमा माओवादीले खोज्यो एमालेको साथ

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १२ गते १८:५४

१२ फागुन, काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीको विपक्षमा उभिएको नेकपा माओवादी केन्द्रले प्रमुख विपक्षी नेकपा एमालेको साथ खोजेको छ ।

संसद बैठक स्थगित भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुले एमाले अध्यक्ष केपी शर्मासँग छलफल गरेका थिए । बानेश्वरस्थित संसद भवनमा भएको छलफलमा माओवादी केन्द्रका नेताहरुले संसदको अवरोध हटाउन र एमसीसीलाई अस्वीकृत गर्न प्रस्ताव गरेका थिए । तर ओलीले आफूहरुले अघि सारेको माग सम्बोधन नभएसम्म संसदको अवरोध कायमै रहने बताएका छन् ।

माधवकुमार नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न माग गर्दै एमालेले २३ भदौदेखि संसद अवरुद्ध गर्दै आएको छ ।

छलफलमा अमेरिकी सहयोग परियोजना एमसीसी र प्रतिनिधिसभामा एमालेले गरिराखेको अवरोध खुलाउने विषयमा छलफल भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पत्रकारहरुलाई प्रतिक्रिया दिए ।

बिहीबार दुबै पक्षबाट धारणा राख्ने काम मात्र भएको र छलफल निष्कर्षमा नपुगेको उनले बताए ।

नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले एमसीसी, संसदको गतिरोधलगायतका विषयमा छलफल भएको पत्रकारहरुलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?